कांग्रेसको केन्द्रीय सदस्य खुला महिलातर्फको अघिल्लो सूची ‘चेञ्ज’, क–कसले जिते ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य महिला खुला ९ पदका लागि डिला संग्रौला पन्तसहितका नेतृहरू निर्वाचित भएका छन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिद्वारा सोमबार राति जारी गरेको विज्ञप्तिअनुसार सबैभन्दा धेरै २८८५ मतसहित पहिलो स्थानमा संग्रौला निर्वाचित भएकी छिन् । ४६७९ मत खसेको थियो । ६७ मत बदर भएको छ ।
केन्द्रीय सदस्यमा पुष्पा भुसालले २७१८ मत पाएर जित हासिल गरेकी छिन् । आरजु राणाले २५३६ मत पाएकी छिन् ।
अम्बिका बस्नेतले २३३९ मत पाएकी छिन् । ईश्वरी न्यौपानेले २२५९ मत पाएकी छिन् ।
सरिता प्रसाइँले २०९६ मतसहित निर्वाचित भएकी छिन् । रंगमती शाही १७८९ मतसहित निर्वाचित भएकी छिन् ।
रमा कोइराला पौडेलले १८५८ मतसहित जित हासिल गरेकी छिन् ।
सुशीला ढकाल आचार्यले १८०४ मतसहित विजयी हासिल गरेकी छिन् । विजयी भएका अधिकांश महिला नेतृ सभापति शेरबहादुर देउवा निकटको प्यानलका हुन् ।
९ जना महिला खुला केन्द्रीय सदस्यका लागि ३० जना महिला नेतृहरू प्रतिस्पर्धामा थिए ।
प्रतिस्पर्धामा रहेका महिला नेतृहरू अकला गुरुङ, अनिता देवकोटा, अम्बिका सुवेदी, अम्बिीका शर्मा लामिछाने, उमा दाहाल, उषाकुमारी राउत, कल्पना अधिकारी, किरण कोइराला पराजित भएका छन् ।
गौरीकुमारी श्रेष्ठ, जमुना ढकाल, तुलसा पन्त, धना खतिवडा, नम्रता बराल, बासना थापा, बिजुला बर्मा राणा, मोदती केसी, रीता दवाडी, रुक्मिणीदेवी कोइराला, शान्ति कार्की, सावित्री बोगटी पाठक र सीतादेवी देवकोटा पाण्डे पनि पराजित भएका छन् ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया