कांग्रेसको प्रदेश नं. २ को सभापतिमा यादवको उम्मेदवारी, खाणसहितका नेताहरू जनकपुरमा
काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं. २ को सभापतिमा कृष्णप्रसाद यादवले उम्मेदवारी दिने भएका छन् ।
सभापति शेरबहादुर देउवाको टिमबाट यादवले सभापतिमा उम्मेदवारी दिनेछन् । यादवले मंगलबार जनकपुरमा उम्मेदवारी दर्ता गराउनेछन् ।
सभापतिमा यादवलाई विजयी बनाउन गृहमन्त्री समेत रहेका कांग्रेसका नेता बालकृष्ण खाण, नवनिर्वाचित सह–महामन्त्री महेन्द्र यादव, नवनिर्वाचित केन्द्रीय सदस्य रामहरि खतिवडा, आनन्दप्रसाद ढुंगाना, रमेश रिजाललगायतका नेताहरू जनकपुरमा जम्मा भएको कांग्रेसका नेता विमल ढकालले जानकारी दिए ।
प्रतिनिधि सभाका पूर्वसांसद समेत रहेका नेता यादव रौतहट कांग्रेसका सभापति पनि हुन् ।
प्रदेश नं. २ मा यादव लोकप्रिय नेता मानिन्छन् । रौतहट जिल्लामा कांग्रेसको संगठनलाई बलियो बनाउन यादवको ठूलो योगदान छ ।
मिलनसार नेताका रुपमा पहिचान बनाएका यादवलाई विजयी बनाउन गृहमन्त्री समेत रहेका कांग्रेस नेता खाणले अपील गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया