कांग्रेसमा शंकर भण्डारीको हिन्दूराष्ट्रको मुद्धा ‘अनुमोदन’
काठमाडौं । हिन्दूराष्ट्रको जबरजस्त मुद्धा अगाडि बढाएका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारी लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
भण्डारी खुल्लातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै भण्डारी तेस्रो पटक केन्द्रीय सदस्य बनेका छन् ।
भण्डारीले २७६८ मत प्राप्त गरेका छन् । टपटेनमा निर्वाचित भएका भण्डारी आठौं स्थानमा पर्न सफल भएका छन् ।
भण्डारीले उठाएको हिन्दूराष्ट्रको मुद्धालाई समर्थन गर्दै महाधिवेशन प्रतिनिधिहरूले लोकप्रिय मतसहित विजयी बनाएका छन् ।
भण्डारीलाई टपटेनभित्र निर्वाचित गरेर महाधिवेशन प्रतिनिधिहरूले हिन्दूराष्ट्रको मुद्धालाई अघोषित रुपमा अनुमोदन गरेको संकेत गरेका छन् ।
भण्डारीले आफूलाई विजयी गराउने मतदाताहरूको विश्वासलाई शिरमा राखेर संगठन र देशको हितमा काम गर्ने जनाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया