‘पैसाको खोलो’ बगाउँदा पनि ‘क्यासिनो माफिया’ बजगाइँ कांग्रेसको केन्द्रीय सदस्यमा हारे

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाविधेशनमा ‘पैसाको खोलो’ बगाएको आरोप लागेका ‘क्यासिनो माफिया’ले परिचित राजेन्द्र बजगाइँ पराजित भएका छन् ।

कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका बजगाइँ नराम्रोसँग पराजित भएका हुन् । बजगाइँले सभापतिमा पराजित शेखर कोइराला समूहबाट उम्मेदवारी दिएका थिए ।

बजगाइँले कांग्रेसको महाधिवेशनमा शेखरलाई जिताउन होटेल मेरियटबाट लाखौँ रुपियाँ पैसा वितरण गरेको आरोप छ ।

बजगाइँले १३५३ मत पाएका छन् । यस पटक शेखरको टिममा परेको र पैसा खर्च गरेका कारण बजगाइँले राम्रो भोट ल्याएका थिए ।

१३औँ महाधिवेशनमा पनि बजगाइँ केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका थिए । त्यस बेला बजगाइँ पराजित भएका थिए ।

Published : Sunday, 2021 December 19, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया