‘टप फाइभ’मा रामहरि खतिवडा निर्वाचित, प्रतिनिधिहरूलाई दिए धन्यावाद
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा लोकप्रिय मतसहित केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।
आइतबार साँझ कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टी मुख्यालय सानेपा, ललितपुरमा सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार खतिवडा ५औँ स्थानमा निर्वाचित भएका हुन् । उनले २८३२ मत प्राप्त गरेका हुन् ।
खतिवडाले ३५ जना खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । केन्द्रीय सदस्यमा निर्वाचित खतिवडा सभापति शेरबहादुर देउवा निकटका हुन् ।
निर्वाचित भएपछि खतिवडाले सानेपामा जम्मा भएका आफ्ना समर्थक र शुभेच्छुकहरूलाई धन्यावाद दिएका छन् । उनले आफूलाई मतदान गरेर लोकप्रिय मतसहित निर्वाचित गराएको भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई धन्यावाद दिएका हुन् ।
उनले भने, ‘मलाई कांग्रेसका स्वदेश र विदेशबाट आउनु भएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरेर निर्वाचित गराउनुभएको छ । उहाँहरूलाई धन्यावाद दिन चाहन्छु ।’
खतिवडा केन्द्रीय सदस्य पदमा लोकप्रिय मतसहित निर्वाचित भएपछि उनको पक्षमा शुभेच्छुकहरूले समर्थनमा नारावाजी गरेका थिए ।
ओखलढुंगा निवासी खतिवडा प्रतिनिधि सभाका पूर्वसांसद हुन् । नेपालको संविधान बनाउन उनको ठूलो भूमिका छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया