ओलीको ‘हर्कत’फेरि ह्वात्तै बढ्यो, एमालेभित्र खैलाबैला
काठमाडौं । एमाले अध्यक्ष खड्गप्रसाद ओलीले पार्टीभित्र कार्यविभाजन गरेपछि असन्तुष्ट भएको छ ।
ओलीले कार्यविभाजनमा आफ्ना विरोधीहरूलाई थन्काउने काम गरेका छन् । ओलीको हर्कतको विरोध भएको छ ।
केन्द्रीय सदस्य निरज आचार्यलाई जाजरकोटको सह–इञ्चार्ज प्रस्ताव गरिएको थियो । ओलीका विरोधी आचार्यलाई निर्वाचन विभागको उप–प्रमुख बनाइएको छ ।
केन्द्रीय सदस्य भैरवसुन्दर श्रेष्ठलाई इञ्चार्ज बनाएकोप्रति आचार्यको असन्तुष्टि छ ।
मुस्ताङकी श्रीमाया थकालीको पनि असन्तुष्टि छ । नवौं महाधिवेशनमा पोलिटब्युरो सदस्य भइसकेकी थकालीलाई २६ मंसिरमा ओलीले केन्द्रीय सदस्यमा घटुवा गरिदिएका छन् । त्यसप्रति उनको असहमति र असन्तुष्टि छ ।
नेतृ थकालीले आफ्नो असन्तुष्टि महासचिव शंकर पोखरेललाई राखिसकेकी छिन् । असन्तुष्टिका कारण थकालीले मुस्ताङको इञ्चार्ज अस्वीकार गर्ने बताएकी थिइन् ।
नेतृ थकालीलाई पोलिटब्युरोमा बढुवा पनि गरिएन । इञ्चार्ज पद पनि खोसेर चन्द्रमोहन गौचनलाई दिइएको छ ।
ओलीको विरोध गर्दै आएका केन्द्रीय सदस्य झपट रावललाई पनि थन्काउने गरी जिम्मेवारी दिइएको छ । उनलाई खानेपानी तथा सरसफाई विभागको प्रमुख बनाइएको छ ।
नेता भीम रावलनिकट रावललाई भूगोलमा पहुँच नै दिइएको छैन । उनको कैलाली जिल्लाको इञ्चार्ज र सह–इञ्चार्ज दुवै पद रावलको भागमा परेन ।
घनश्याम भुसालनिकट उषाकिरण तिम्सिनालाई पनि खानेपानी तथा सरसफाइ विभागकै उप–प्रमुख बनाइएको छ ।
मान्छे मारेर जेलमा थुनामा परेर राष्ट्रपतिबाट माफी पाएर छुटेका माओवादीबाट एमालेमा आएका विवादास्पद पृष्ठभूमिका वालकृष्ण ढुंगेलले स्कुल विभागको सदस्यको जिम्मेवारी पाएका छन् ।
केन्द्रीय सदस्य विष्णु रिजाललाई प्रचार विभागको उप–प्रमुखमा लगेर ओलीले थन्काएका छन् । ओलीले परराष्ट्र विभागको उप–प्रमुख माओवादीबाट आएका बाग्लुङका नेता कृष्ण केसीलाई बनाएका छन् । रिजालले विदेश विभागको उप–प्रमुख खोजेका थिए ।
ओलीले सचिवहरूको मर्यादाक्रम पनि फेरबदल गरेका छन् । गोकर्ण विष्ट र योगेश भट्टराईलाई सचिवको सूचीमा मर्यादाक्रममा संशोधन गरेर अगाडि ल्याएको छ ।
ओलीले पहिला विष्ट र भट्टराईभन्दा माथि छविलाल विश्वकर्मा र रघुवीर महासेठलाई राखेका थिए । विश्वकर्मा र महासेठलाई विरोधपछि ओलीले पछाडि राखेका थिए ।
ओली पार्टीभित्र निकै निरंकुश बनेर आएका छन् । ओलीले आफ्ना विरोधीहरूलाई जिम्मेवारी दिएका छैनन् । ओली कांग्रेस पार्टीमा जस्तो लोकतन्त्र दिन चाहँदैनन् । पार्टीलाई आफ्नो प्राइभेट कम्पनी जस्तो बनाउन खोजेको आरोप छ ।
एमालेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जिम्मेवारी सम्हालेका छन् ।
शेरबहादुर तामाङ यसअघि केन्द्रीय कार्यालयका सचिव थिए । तामाङ स्थायी कमिटी सदस्यमा निर्वाचित भएपछि अधिकारीलाई केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी दिइएको छ ।
सच्याइएको नेताहरूको वरीयता
१. अध्यक्ष – खड्गप्रसाद ओली
२. वरिष्ठ उपाध्यक्ष – ईश्वर पोखरेल
३. उपाध्यक्षहरू– युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ, सुरेन्द्रप्रसाद पाण्डे
४. महासचिव – शंकर पोखरेल
५. उप–महासचिव – प्रदीप ज्ञवाली, पृथ्वीसुव्बा गुरुङ, विष्णु रिमाल
६. सचिव – टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, पदमाकुमारी अर्याल
पहिला नेताहरूको वरीयता
१. अध्यक्ष – खड्गप्रसाद ओली
२. वरिष्ठ उपाध्यक्ष – ईश्वर पोखरेल
३. उपाध्यक्षहरू – युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे
४. महासचिव – शंकर पोखरेल,
५. उप–महासचिव – प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल
६. सचिव – टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पदमाकुमारी अर्याल
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया