सह–महामन्त्रीमा परियार निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको सह–महामन्त्रीमा ३७ मतको अन्तरले जीवन परियार निर्वाचित भएका छन् ।
परियारले दलिततर्फको सह–महामन्त्री पदमा उम्मेदवारी दिएका थिए । परियारले २२१२ मतसहित जित हासिल गरेका हुन् । परियार सभापतिमा पराजित शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका थिए ।
सह–महामन्त्रीमा मानबहादुर विश्वकर्मा पराजित भएका छन् । विश्वकर्माले २१७५ मत पाएका थिए । विश्वकर्मा सभापति शेरबहादुर देउवाको समूहबाट उम्मेदवार बनेका थिए ।
सह–महामन्त्रीका अर्का उम्मेदवार गंगा सुनारले २२९ मत पाएका थिए । दलिततर्फ ४६७० मत खसेको थियो ।
Published : Thursday, 2021 December 16, 10:31 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया