गगनकै शैलीमा महालक्ष्मी सह–महामन्त्रीमा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको सह–महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ शानदार मतका साथ निर्वाचित भएकी छिन् ।
महिलातर्फको सह–महामन्त्रीमा उपाध्याय निर्वाचित भएकी हुन् । उनले प्रतिद्वन्द्वी कमला पन्तलाई ४२८ मतको अन्तरले पराजित गरेकी छिन् ।
सह–महमन्त्रीमा निर्वाचित उपाध्याय सभापति शेरबहादुर देउवाको टिमबाट उम्मेदवार बनेकी थिइन् ।
उपाध्यायले २ हजार ५ सय ३३ मत पाएकी छिन् । सह–महामन्त्रीमा पराजित पन्तले २ हजार १ सय ५ मत पाएकी छिन् । पन्त सभापतिमा पराजित शेखर कोइरालाको टिमबाट उम्मेदवार बनेकी थिइन् ।
सह–महामन्त्री पदमा निर्वाचित उपाध्यायले महामन्त्री पदमा विजयी भएका गगन थापाकै शैलीमा लोकप्रिय मत पाएकी छिन् ।
Published : Thursday, 2021 December 16, 9:39 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया