‘गुरु–चेला’ गगन–विश्व ‘धुलो उडाउँदै’ धेरै अगाडि बढे, जिततिर लम्किए
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा ६ सय मत गणना हुँदा गगन थापाले सबैभन्दा धेरै मत पाएका छन् ।
थापाले ३८९ मत पाएका छन् । शुरुदेखि अग्रता लिएका थापाको जित सुनिश्चित जस्तै छ ।
महामन्त्रीका अर्का उम्मेदवार विश्वप्रकाश शर्मा २२९ मतसहित दोस्रो नम्बरमा छन् ।
प्रदीप पौडेलले २०६ मतसहित पुछ्याइरहेका छन् ।
डा.प्रकाशशरण महतले १९३ मत पाएका छन् । मीनेन्द्र रिजालले १०८ मत र राजाराम कार्कीले १८ मत पाएका छन् ।
नेविसंघको अध्यक्ष रहेका बेला शर्माले थापालाई महामन्त्र बनाएका थिए । उनीहरू गुरु र चेलाका रुपमा परिचित छन् ।

Published : Thursday, 2021 December 16, 12:13 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया