पार्टीको सभापतिलाई अन्तरमनले सहयोग हुन्छ : कांग्रेस नेता गिरी
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक गिरीले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई सबैले स्वीकार गर्नुपर्ने बताएका छन् ।
मंगलबार एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा नेता गिरीले आफूले सधैँ सबैलाई सहयोग गर्दै आएको बताए ।
उनले भने, ‘हाम्रो पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा थियो । सधैँ बाङ्गो प्रश्न नगर्नुस । अन्तरआत्माले सहयोग गर्यौं नि ।’
शेरबहादुर देउवालाई सहयोग गर्नुहुन्छ भन्ने जिज्ञासामा गिरीले भने, ‘पार्टी सभापति बनेपछि सधैँ सहयोग गरिएको थियो । आज पनि गरिन्छ । भोलि पनि गरिन्छ । उहाँ हाम्रो आदरणीय नेता हो ।’
‘नेपाली कांग्रेसको कार्यकर्ताले माया गरिसकेपछि । सभापतिमा अहिले ४/५ जना चुनाव लड्नु भएको थियो’, उनले भने, ‘जो सभापति हुन्छ, हामी लोकतन्त्रका लागि लडेर आएको कार्यकर्ता हौं । हामी त्यस्तै आएको होइन । हिजो पनि शेरबहादुरजी सभापति हुनुहुन्थ्यो । सभापति भएपछि अन्तरमनले रचनात्मक, सबै सहयोग हुन्छ ।’
उनले भनेका छन्, ‘पार्टीलाई बलियो बनाउन । लोकतन्त्रलाई बलियो बनाउन । मुलुकको मुहार फेर्न एकताबद्ध हुनु नै एउटा कुरा हो ।’
शेरबहादुर देउवालाई शेखरले किन समर्थन गरेनन् भन्ने जिज्ञासामा गिरीले भने, ‘यो कुरा शेखर कोइरालालाई गर्नुस् । म केन्द्रीय सदस्य लडेको नेता हो । तपाईको प्रश्नको जवाफ शेखर’दाले दिनुहुन्छ होला ।’
‘मलाई सोध्नु हुन्छ भने आमकार्यकर्ताले फेरि जाँचौँ पनि भन्नु भयो होला । त्यो त मलाई थाहा भएन नि’, उनले भने, ‘मलाई सोधेको भए एउटा सल्लाह दिन्थे होला ।’
‘गएको पटक रामचन्द्र पौडेललाई दोस्रो चुनामा नजानुस् भनेको थिएँ । त्यस बेला ११ मतको फरक थियो । यो मेरो कुरा हो’, नेता गिरीले भनेका छन् ।
शेखर कोइरालाले शेरबहादुर देउवालाई समर्थन गर्नुभयो नि ? भन्ने जिज्ञासामा गिरीले भने, ‘बडो राम्रो गर्नुभयो । मैले पनि सहयोग गरेको छु । सहयोग नगर्ने कुरै आएन ? शेरबहादुर देउवाजीलाई हामीले सधैँ सहयोग गरेको मान्छे हो ।’
उनले भने, ‘राजनीतिमा हिजो विश्वप्रकाशले कसलाई सहयोग गरेका थिए ? शेरबहादुरलाई गरेका थिए कि थिएनन् ? तपाईले त्यो कुरा उठाउनु हुँदैन । उहाँले के गर्नुभयो मलाई थाहा छैन । हामी स्टेट कुरा गर्ने मान्छे हो ।’
‘म नेपाली कांग्रेसको सिपाही हुँ । कसरी नेपाली कांग्रेसलाई फाइदा हुन्छ ? कसरी यो मुलुकको फाइदा हुन्छ ? त्यसमा लाग्ने मान्छे हुँ म । तपाईका यस्ता बाङ्गा प्रश्नले मलाई केही गर्दैन’, उनले भनेका छन् ।
नेता गिरीले भने, ‘मैले शेरबहादुरलाई पनि सहयोग गर्छु । शशांकलाई पनि सहयोग गर्छु ।’
कोइराला परिवार किन विभाजित भयो भन्न जिज्ञासामा गिरीले यस्तो प्रश्न आफूलाई नसोध्न गिरीले बताएका छन् ।
‘कोइराला परिवार किन विभाजित भयो ? कोइराला परिवारको खास सदस्यलाई सोध्नुस्’, उनले भनेका छन्, ‘म वीपी कोइरालाको अनुयायी हुँ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया