चन्द्र भण्डारीले देखाए लोकतान्त्रिक संस्कार, देउवा खुसीले मख्ख
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् उप–सभापतिका उम्मेदवार चन्द्र भण्डारीले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई शुभकामना दिएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत देउवाको तस्बिर राखेर भण्डारीले शुभकामना र बधाइ दिएका हुन् ।
भण्डारीले भनेका छन्, ‘नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा पुनः निर्वाचित हुनुभएकोमा आदरर्णीय शेरबहादुर देउवाज्यूलाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’
भण्डारी सभापतिमा पराजित शेखर कोइरालाको टिमबाट उप–सभापतिमा उम्मेदवार बनेका छन् । भण्डारीको नतिजा आउन बाँकी छ ।
सभापतिमा देउवाले बुधबार बिहान जितेका थिए । देउवालाई बधाईको आइरो आइरहेका बेला भण्डारीले पनि बुधाइ दिएका छन् । देउवा र कोइराला सभापति पदमा उम्मेदवार बनेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया