कांग्रेस सभापतिमा प्रकाशमान निर्णायक, गणेशमानको बदला लिने बेला आयो

काठमाडौं । नेपाली कांग्रेसको सभापतिको निर्वाचनमा प्रकाशमान सिंह निर्णायक मानिएका छन् ।

सिंहले सभापतिको निर्वाचनमा ३ सय ७१ मतसहित तेस्रो स्थानमा पुगेका छन् । सभापतिको दोस्रो चरणको निर्वाचनमा सिंहले साथ दिएमा सभापतिमा निर्वाचित हुन शेरबहादुर देउवालाई सहज हुनेछ ।

गिरिजाप्रसाद कोइरालाका कारण गणेशमान सिंहले कांग्रेस पार्टी छाड्नु परेको थियो । कोइराला परिवारले दुःख दिएर हैरान बनाएपछि कृष्णप्रसाद भट्टराई ‘किशुनजी’ले पनि कांग्रेस छाडेका थिए ।

प्रकाशमानलाई काठमाडौं कांग्रेसको सभापति बन्न नदिन र राजनीति समाप्त पार्न गिरिजाप्रसाद कोइरालाले ठूलो षड्यन्त्र गरेका थिए । यी सबै कुराको बदला लिने बेला आएको छ ।

प्रकाशमानले सभापति निर्वाचनमा शेरबहादुर देउवा वा शेखर कोइराला कसलाई सहयोग गर्छन् उनको तजविजको कुरा हो ।

तर, सहयोग गर्दा इतिहाँसलाई पनि सिंहले हेर्नुपर्छ । कोइराला परिवारविरुद्ध देउवासँग लडेर प्रकाशमानले प्रजातान्त्रिक कांग्रेस बनाएका थिए ।

प्रजातान्त्रिक कांग्रेस बनेपछि बल्ल गिरिजाप्रसाद कोइरालाको ‘सिङ्’ भाँच्चिएको थियो । कोइराला परिवारमा कांग्रेसको नेतृत्व गयो भने धेरैको राजनीति धरापमा पर्नेछ ।

२४९ मत पाएका विमलेन्द्र निधि चौथो स्थानमा परेका छन् । देउवालाई सभापतिमा निर्वाचन हुन नदिनेमा निधिको ठूलो भूमिका देखिएको छ ।

देउवाको गुटमा रहेर सबैभन्दा धेरै लाभ लिएर अघाएका निधिले पहिलो चरणमा सभापति हुनबाट देउवालाई रोकेका छन् ।

Published : Tuesday, 2021 December 14, 9:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया