सभापति हुनबाट देउवा थोरै मतले चुके, दोस्रो चरणको मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनबाट शेरबहादुर देउवा चुकेका छन् ।

देउवाले ५१ प्रतिशत मत कटाउन सकेनन् । सभापतिमा निर्वाचित हुन उनलाई जम्मा ८२ मत नपुगेको हो । अब दोस्रो चरणको मतदान हुनेछ ।

दोस्रो चरणमा सबैभन्दा धेरै मत पाएका दुई प्रतिस्पर्धीबीच निर्वाचन हुनेछ । देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

कांग्रेसको बिधानअनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ । ७७ मत बदर भएको छ ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । सभापतिमा कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्छ ।

मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिएका थिए । देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।

सभापतिका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १७२९ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका प्रकाशमान सिंहले ३७१, चौथो स्थानमा रहेका विमलेन्द्र निधिले २४९ र पाँचौ स्थानमा रहेका कल्याण गुरुङले २० मत पाएका थिए । उनीहरू सभापतिको दौडबाट बाहिरिएका छन् ।

Published : Tuesday, 2021 December 14, 9:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया