देउवा र शेखरबीच कति मतअन्तर ? निधि ‘सिन’बाटै आउट

काठमाडौं । नेपाली कांग्रेसको सभापति निर्वाचनको मत गणनामा अहिलेसम्म ३ हजार ७ सय ७९ मत गणना भएको छ ।

मंगलबार बिहान प्राप्त पछिल्लो नतिजाअनुसार देउवाले १७९८ मत पाएका छन् ।

सभापतिका उम्मेदवार शेखर कोइरालाले १४१३ मत पाएका छन् । देउवा र कोइरालाबीच ३५८ मतको अन्तर रहेको छ । प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् ।

विमलेन्द्र निधिले २०१ मत प्राप्त गरेका छन् । सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङले १९ मत मात्र गरेका छन् ।

कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो ।

Published : Tuesday, 2021 December 14, 8:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया