कांग्रेसको राति ९ बजेसम्म समय थप, २ हजारभन्दा धेरै मत खस्यो
काठमाडौं । केन्द्रीय निर्वाचन समितिले नेपाली कांग्रेसले मतदान गर्ने समय लम्बाएको छ ।
सोमबार बिहान पौने १२ बजेदेखि शुरु भएको मतदानको समय राति ९ बजेसम्म थप गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बिहान ८ बजेदेखि निर्धारित मतदान समय मतपत्र छपाई हुन नसकेका कारण झण्डै चार घण्टापछि मात्र शुरु भएको थियो ।
निर्वाचनमा मतदाताको संख्या र हालसम्म खसेको मतको संख्यालाई मध्यनजर गरी आज राती ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
कांग्रेस १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । साँझ ५ बजेसम्म दुई हजारभन्दा बढी मत खसेको समितिले जनाएको छ ।
१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।
कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका छन् । एक जना प्रतिनिधिलाई मतदान गर्न करीब आधा घण्टा समय लाग्ने जनाइएको छ ।
कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।
सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मतदान गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया