शेखरलाई आफ्नै परिवारले साथ दिएन, दिक्क भयो पूरै प्यानल

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिएका शेखर कोइरालाले आफ्नै परिवारलाई मिलान नसकेर एक्लै मैदानमा उत्रिएका छन् ।

भाई शशांक कोइराला र बहिनी सुजाता कोइरालालाई कन्भिन्स गर्न सकेनन् । शेखरलाई शशांक र सुजाताले समर्थन गरेका छैनन् ।

शेखरको टिमसँग शशांक खुलेका छैनन् । शशांकले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका छन् ।

सुजाता सभापतिका उम्मेदवार प्रकाशमान सिंहको उप–सभापति पदमा उम्मेदवार बनेकी छिन् । शेखरले सुजातालाई आफ्नो समूहमा राख्न सकेनन् ।

आफ्नै परिवार सम्हाल्न नसक्ने शेखर कोइरालाले सभापतिमा जितेपछि पार्टी सम्हाल्न सक्छन् भन्नेमा आशंका उब्जिएको छ ।

शेखरको टिममा गगन थापा जस्ता धुर्त नेता छन् । रातो पासपोर्ट बिक्री गरेको अभियोगमा कारबाहीमा परेका धनराज गुरुरू उप–सभापतिमा छन् ।

कृष्णप्रसाद भट्टराई ‘किशुनजी’लाई गिरिजाप्रसाद कोइरालाको निर्देशनमा अन्तरघात गरेर हराएको अभियोग लागेका चन्द्र भण्डारीलाई लागेको छ ।

किशुनजीलाई हराएर एमालेकी नेतृ विद्यादेवी भण्डारीलाई चन्द्र भण्डारीले जिताएको भनेर आरोप लागेको छ ।

महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा र मीनेन्द्र रिजाल सबैभन्दा धेरै गुट परिवर्तन गर्ने पिँध नभएको नेताको रुपमा परिचित छन् । उनीहरूले ६/६ महिनामा गुट परिवर्तन गर्छन् ।

गगनलाई नेता कृष्णप्रसाद सिटौलाले ल्याए । सिटौलालाई छाडेर गगन नेता रामचन्द्र पौडेलतिर लागे । त्यसपछि प्रकाशमन सिंहतिर लागे । अहिले सबैलाई लात हानेर गगन सभापतिका उम्मेदवार शेखर कोइरालाको समूहमा परेका छन् ।

मीनेन्द्र रिजालको पनि त्यही हालत छ । रिजाललाई नेता बन्ने अवसर शेरबहादुर देउवाले दिएका हुन् । विभिन्न समूह हुँदै रिजाल सभापतिका उम्मेदवार शशांकको समूहमा पुगेका छन् ।

Published : Monday, 2021 December 13, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया