शशांक र पूर्णबीच यस्तो देखियो मित्रता, पूरै माहोल चेञ्ज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापति शेरबहादुर देउवाको प्यानलबाट उप–सभापतिमा उम्मेदवार बनेका पूर्णबहादुर खड्कासँग सम्वाद गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा कोइराला र खड्काबीच कुराकानी भएको हो । दुबै जनाले एकअर्कालाई मत मागेका छन् ।

महामन्त्री कोइरालाले केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका छन् । खड्काले देउवा समूहबाट उप–सभापतिमा उम्मेदवार बनेका छन् ।

महामन्त्री कोइराला कुनै पनि समूहमा खुलेका छैनन् । यद्यपि महामन्त्री कोइरालाले सभापतिका उम्मेदवार देउवा र उनको प्यानलप्रति सहानुभूति राखेका छन् ।

सभापति देउवा र महामन्त्री कोइरालाबीच आइतबार राति बालुवाटारमा वार्ता भएको थियो । वार्ताका क्रममा कोइरालाले देउवा र उनको समूहलाई समर्थन गरेको जनाएका थिए ।

Published : Monday, 2021 December 13, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया