रामहरि खतिवडाद्वारा खुला सदस्यतर्फ ७३ नम्बरमा मतदान गर्न अपील

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले केन्द्रीय कार्यसमितिमा निर्वाचित गराउन महाधिवेशन प्रतिनिधिहरूसँग अपील गरेका छन् ।

कांग्रेसको महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले आफूलाई मतदान गरेर विजयी बनाउन अनुरोध गरे । उनले कांग्रेसलाई सबैको पार्टी हो भन्ने कुराको महशुस गराउनुपर्ने बताए ।

खतिवडाले कांग्रेसको खुला ३५ जनातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । ३५ जना खुला सदस्यतर्फ खतिवडाको क्रम संख्या ७३ रहेको छ । नेता खतिवडाले आफूलाई ७३ नम्बरमा मतदान गर्न अनुरोध गरेका छन् ।

Published : Sunday, 2021 December 12, 6:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया