गोकुल बास्कोटले शेखर, गगन र विमलेन्द्रलाई यो के भने ?

काठमाडौं । सत्तरी करोड कमिशन मागेको काण्डमा मन्त्री पद फुत्काएका एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसका तीन जना उम्मेदवारका विषयमा सनसनीपूर्ण ट्वीट गरेर हलचल ल्याइदिएका छन् ।

एमालेका नेता बास्कोटाले आइतबार ट्वीट गरेर सभापतिका उम्मेदवारद्वय शेखर कोइराला र विमलेन्द्र निधि तथा महामन्त्री पदका उम्मेदवार गगनकुमार थापाप्रति संकेत गर्दै विदेशीको इरालामा चल्ने भनेका छन् ।

‘कोही कसैले भनेको सुनियो–भृकुटीमण्डपतिर ईन्जेक्टेड एजेण्डा कसले बढि बोक्न सक्छ उसैलाई सृङ्गार्ने तयारी छ रे । र, प्रतिस्पर्धा पनि त्यै मात्रै हो रे’, एमालेका नेता बास्कोटाले आफ्नो ट्वीट ह्याण्डलमा लेखेका छन् ।

कांग्रेसको सभापतिका उम्मेदवार बनेका नेता शेखर कोइराला र विमलेन्द्र निधि तथा गगनकुमार थापाप्रति बास्कोटा कठोर छन् ।

शेखर, विमलेन्द्र र गगनलाई विदेशीको ‘चम्चा’ र ‘दलाल’ भन्ने आरोप लागेका बेला एमालेका नेता बास्कोटाको ट्वीटको संकेत पनि त्यतैतिर रहेको चर्चा भृकुटीमण्डपमा चलेको छ ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको भन्दै नेपालको नक्सामा राखेर संविधान संशोधन गराउँदा शेखर कोइराला र विमलेन्द्र निधिले विरोध गरेका थिए । युवा नेता गगन थापा लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा एकशब्द बोलेका थिएनन् ।

अहिले पनि शेखर कोइराला र विमलेन्द्र निधि तथा गगन थापाका समाचारहरू गगुलमा गएर सर्च गरेर हेर्दा सबै कुरा छर्लङ्ग हुन्छ ।

एमालेका नेता बास्कोटाले प्रकाशमान सिंह र शेरबहादुर देउवाका बारेमा केही भनेका छ्रनन् ।

Published : Sunday, 2021 December 12, 1:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया