प्रत्यक्षमा चुनाव जितेका थोरै नेतामध्यका चौधरी सह–महामन्त्रीका उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीले सह–महामन्त्री पदमा मनोनयन दर्ता गरेर आफूलाई विजयी बनाउन अपील गरेका छन् ।
युवा नेता चौधरीले थारुतर्फको सह–महामन्त्री पदमा मनोनयन दर्ता गराएका हुन् । उनले आफूलाई मतदान गरेर विजयी बनाउन अनुरोध गरेका छन् ।
खानेपानी मन्त्री समेत रहेका कांग्रेसका नेता चौधरी इमान्दार नेतामा पर्छन् । बारा जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने चौधरीले प्रत्यक्षमा निर्वाचन जितेका थिए ।
एमाले र माओवादीको कथित बाम गठबन्धनले देशभरि प्रभाव पारेका बेला युवा नेता चौधरीले प्रतिनिधि सभामा जितेर कांग्रेसको इज्जत जोगाएका थिए । प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षमा निर्वाचन जित्ने थोरै नेताहरूमध्ये चौधरी पनि पर्छन् ।
सभापति शेरबहादुर देउवाको प्यानलबाट नेता चौधरीले सह–महामन्त्री पदमा मनोनयन दर्ता गराएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया