युवा नेता राजु गोर्खालीद्वारा कांग्रेसको केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्रबहादुर खोर्खाली ‘राजु गोर्खाली’ले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।

शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभामा नेता गोर्खालीले खुला केन्द्रीय सदस्यतर्फ मनोनयन दर्ता गराएका हुन् । खुला ३५ जना केन्द्रीय सदस्यतर्फ उनको दर्ता नं. ७६ रहेको छ ।

नेता गोर्खालीले आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन भएका नेता गोर्खाली युवाहरूका बीच लोकप्रिय छन् । समाजसेवामा उनको निकै रुचि छ ।

प्राकृतिक विपत्ति होस् वा अन्य बेला समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै आएका छन् ।

Published : Sunday, 2021 December 12, 1:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया