चर्चित क्लव ‘एलओडी’का मालिक खत्रीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन दर्ता
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रेमकुमार खत्रीले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।
शनिबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभामा नेता खत्रीले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । खस/क्षेत्रीतर्फ उनले उम्मेदवारी दर्ता गराएका छन् ।
युवा नेता खत्रीले आफूलाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।
कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवार दिनेहरूको सूचीमा खत्री निकै सानो उमेरका हुन् ।
पर्यटन व्यवसायी समेत रहेका खत्री गोरखा जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । महाधिवेशन प्रतिनिधिमा उनले लोकप्रिय मत पाएका थिए । खत्री महासमिति सदस्य समेत हुन् ।
कांग्रेसका युवा नेता खत्री युवाहरूका बीच लोकप्रिय छन् । कांग्रेसको महाधिवेशनमा युवाहरूको अत्याधिक प्रतिनिधित्व छ । युवाहरूको चाहना र अग्रज नेताहरूको शुभेच्छामा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको खत्रीले बताएका छन् ।
केन्द्रीय सदस्य पदमा निर्वाचित भएमा आफूले युवा र अग्रजहरूको चाहनाअनुसार काम गर्ने प्रतिवद्धता खत्रीले जनाएका छन् ।
कांग्रेसका युवा नेता खत्री काठमाडौंको ठमेलमा रहेको चर्चित क्लव ‘एलओडी’का पार्टनर पनि हुन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया