भट्टराईद्वारा कांग्रेसको खुला केन्द्रीय सदस्यमा मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले खुलातर्फको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गमा नेता भट्टराईले मनोनयन दर्ता गराएका हुन् । उनले आफूलाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।

हालको केन्द्रीय कार्यसमितिमा नेता भट्टराई केन्द्रीय सदस्य छन् । उनी नेपाली जनसम्पर्क समन्वय समिति विभागका प्रमुख पनि हुन् ।

नेता भट्टराईले यसअघि सह–महामन्त्रीमा उम्मेदवार बन्ने भनेका थिए ।

युवा नेतृत्वबीच अस्वस्थ प्रतिष्पर्धा रोक्न आएको दबाबबीच भट्टराईले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष भट्टराईले तरुण दलको समेत सफलतापूर्वक नेतृत्व गरिसकेका छन् ।

विद्यार्थी, युवा तथा प्रौढमाझ समेत लोकप्रिय भट्टराईले सबैको सहयोगमा कांग्रेसमा निष्ठा, इमान्दारिता, नैतिकता तथा संघर्षशील कार्यकर्ताको पार्टी बनाउने प्रतिवद्धता जनाएका छन् ।

Published : Saturday, 2021 December 11, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया