युवा नेता शाह कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अभिषेकप्रताप शाहले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।

कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका शाहले मधेसीतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेछन् ।

कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका शाह युवाहरूका बीच लोकप्रिय मानिन्छन् । सानै उमेरमा नेता शाह कपिलवस्तुबाट निरन्तर तीन पटक प्रतिनिधि सभामा सांसद पदमा निर्वाचित भएका छन् ।

Published : Saturday, 2021 December 11, 8:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया