महाधिवेशन प्रतिनिधिहरूलाई खतिवडाद्वारा स्वागत, कांग्रेसको नेतृत्व छान्दा विचार गर्न अनुरोध
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले देशभरिबाट काठमाडौंमा १४औँ महाधिवेशनका लागि आएका महाधिवेशन प्रतिनिधिहरूलाई धन्यावाद दिँदै स्वागत गरेका छन् ।
युवा नेता खतिवडाले कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूलाई पार्टीको असल नेतृत्व चयन गर्न अनुरोध गरेका छन् ।
उनले भने, ‘तपाई महाधिवेशन प्रतिनिधिहरूले कांग्रेसलाई कस्तो बनाउने हो तपाईहरूको हातमा छ । असल नेतृत्वलाई बुझेर मतदान गर्नुहोला ।’
भड्किलो प्रचार र बहकावमा लागेर मतदान गर्दा त्यसको असर लामो समयसम्म पर्ने नेता खतिवडाले बताएका छन् ।
महाधिवेशन प्रतिनिधिहरूलाई प्रभावमा पार्न पैसावालहरूले भड्किलो प्रचार प्रसार गरेका बेला खतिवडाले रंङ्गी चङ्गीमा नलागेर असल नेतृत्व चयन गर्न अनुरोध गरेका हुन् ।
नेता खतिवडा पनि केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका छन् । खतिवडाले खुलातर्फ उम्मेदवारी दिनेछन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया