सुनिलबहादुर थापाद्वारा कांग्रेसको सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा शुक्रबारबाट हुन लागेको कांग्रेसको १४औँ महाधिवेशनमा आफूले सह–महामन्त्री पदमा उम्मेदवारी दिने नेता थापाले बताएका छन् । पूर्वमन्त्री समेत रहेका नेता थापा कांग्रेसको वर्तमान कार्यसमितिमा पनि सह–महामन्त्री छन् ।

गृहजिल्ला धनकुटा रहेका नेता थापा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । देउवालाई सभापतिमा विजयी बनाउन नेता थापाले आफ्नो तर्फबाट सबै पहलहरू गरिरहेका छन् ।

नेता थापाले आफूलाई सह–महामन्त्री पदमा मतदान गरेर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् ।

कम्युनिस्टहरूले झण्डै दुईतिहाइ बहुमत पाउँदा पनि सत्ता सञ्चालन गर्न असफल भएको बताएका नेता थापाले आगामी सबै निर्वाचनमा कांग्रेसले विजयी हासिल गर्ने बताए । उनले कांग्रेसले मात्रै मुलुकलाई निकास दिने बताएका छन् ।

कांग्रेसको सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेता थापा पूर्वप्रधानमन्त्री स्व.सूर्यबहादुर थापाका छोरा हुन् । कार्यकर्ताको संरक्षणमा नेता थापाले आफूलाई जहिले पनि अग्रपंक्तिमा राख्दै आएका छन् ।

Published : Thursday, 2021 December 9, 11:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया