कांग्रेसको चिकित्सक संघको अध्यक्षमा डा.कार्की निर्वाचित
भरतपुर । नेपाली कांग्रेस निकटको प्रजातन्त्रवादी चिकित्सक संघ नेपालको केन्द्रीय अध्यक्षमा डा.अनिलविक्रम कार्की निर्वाचित भएका छन् ।
संघको तेस्रो महाधिवेशनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका डा.कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको हो । डा.कार्कीको नेतृत्वमा ४३ सदस्यीय नयाँ समिति सर्वसम्मत निर्वाचित भएको छ ।
उपाध्यक्षमा डा.विक्रान्त ढकाल, बागमती प्रदेश संयोजक तथा उपाध्यक्षमा डा.मनोरदी सैयद चयन भएका छन् ।
महासचिवमा डा.संयुक्त आचार्य, कोषाध्यक्षमा डा.समाज गौतम, सह–कोषाध्यक्षमा डा.अजय साह, सचिवमा डा.पवन हमाल र सुशील तिमिल्सिना निर्वाचित भएका छन् ।
Published : Thursday, 2021 December 9, 11:37 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया