कांग्रेसका नेता योगेन्द्र चौधरीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा, को हुन् चौधरी ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता योगेन्द्र चौधरीले पार्टीको केन्द्रीय सदस्य पदमा आफूले उम्मेदवारी दिने जनाएका छन् ।

हालका केन्द्रीय सदस्य समेत नेता चौधरीले सभापति शेरबहादुर देउवाको टिमबाट उम्मेदवारी दिने बताए । ‘१४औँ महाविधेशनमा केन्द्रीय सदस्यमा मेरो उम्मेदवार पर्छ’, उनले भने, ‘सबैको परामर्श र सल्लाहमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको छु ।’

नेता चौधरीले आफूलाई मतदान गरेर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अपील गरेका छन् ।

प्रतिनिधि सभाको पूर्वसांसद समेत रहेका चौधरी युवाहरूका बीच लोकप्रिय मानिन्छन् । उनी भन्छन्, ‘कांग्रेसलाई अग्रज, युवासहित सबै उमेर समूहका कार्यकर्ता र नेताहरूले बचाएर ल्याएका छन् । सबैको योगदान बराबरी छ । हामी सबै मिलेर ठूलो पार्टी बनाएर जानुपर्छ ।’

दाङको देउखुरी उपत्यकाका स्थायी बासिन्दा युवा नेता चौधरी कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिका सदस्य रहेर ठूलो जिम्मेवारी बहन गरेका थिए । क्रियाशील विवाद रहेका जिल्लाहरूमा सहमति गराउन नेता चौधरीको पनि भूमिका छ ।

‘एक मधेस, एक प्रदेश’को नारा उग्ररुपमा चलिरहेका बेला नेता चौधरीसहितका नेताहरूले त्यसको विरोधमा आन्दोलन नै चलाएका थिए । त्यसपछि ‘एक मधेस, एक प्रदेश’को नारा तुहिएको थियो ।

कांग्रेसका नेता चौधरी कुशल संगठन निर्माणकर्ताका रुपमा परिचित छन् ।

युवा नेता चौधरीकै बुबा राजेन्द्र चौधरी नेपालमा पहिलो पटक रेल ल्याउने व्यक्तिमा पर्छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र भौतिकमन्त्री खुमबहादुर खड्काकै कारण राजेन्द्र चौधरीले पहिलो पटक जनकपुरमा रेल ल्याएका थिए ।

Published : Thursday, 2021 December 9, 10:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया