नेता बहादुरसिंह लामाले सह–महामन्त्रीमा उम्मेदवारी दिने
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामाले सह–महामन्त्री पदमा उम्मेदवारी दिने जनाएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता लामाले १४औँ महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी दिने जनाए ।
उनले भने, ‘म दुई पटक केन्द्रीय सदस्य बनिसके, अब पदाधिकारीमा उम्मेदवार बन्छु । हाम्रो बिचार समूह र साथीहरूको सुझाव पनि पदाधिकारीमा उम्मेदवार बन्नुपर्नेछ ।’
नुवाकोट जिल्ला स्थायी घर भएका नेता लामा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । कार्यकर्ता संरक्षणमा आफूलाई सधै केन्द्रित बनाउँदै आएका नेता लामा नुवाकोटमा मात्र नभइ विभिन्न जिल्लाहरूमा संगठन निर्माणमा काम गर्दै आएका छन् ।
Published : Thursday, 2021 December 9, 8:08 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया