देउवाले बोलाए आफू निकटका नेताहरूको बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरूको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री समेत रहेका देउवाले बुधबार बिहान आफ्नो निजी निवास बुढानिलकण्ठमा निकटका नेताहरूको बैठक बोलाएका हुन् । देउवाले १४औँ महाधिवेशनको तयारी, सभापति र पदाधिकारीहरूका विषयमा परामर्श गर्ने बुझिएको छ ।
देउवाले १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने जनाइसकेका छन् । पदाधिकारीहरूमा क–कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा पनि छलफल हुनेछ ।
पौडेल गठबन्धनभित्र को सभापति हुने ? भन्ने विषयमा विवाद भएर गठबन्धन नै धरापमा परेका बेला देउवाले आफू निकटका नेताहरूको बैठक बोलाएका छन् ।
Published : Tuesday, 2021 December 7, 9:50 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया