युवा नेता साहद्वारा कांग्रेसमा उम्मेदवारी घोषणा, पार्टी बिगार्ने ठालु नेताहरूलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामपल्टन साहले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

साहले मधेसी आरक्षणतर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले १४औँ महाधिवेशनमा आफूलाई मतदान गरेर विजयी बनाउन मतदाताहरूसँग अनुरोध गरेका छन् ।

सभापति शेरबहादुर देउवा निकट मानिने युवा नेता साह सरल र सहज नेताका रुपमा चिनिन्छन् । नेता साह कांग्रेसका युवाहरूका बीच लोकप्रिय मानिन्छन् । पार्टीका कार्यकर्ताको संरक्षणमा साहले सधैँ आफूलाई अग्रस्थानमा राख्ने गरेका छन् ।

कांग्रेसको राजनीतिमा लागेर लाभ लिन नसक्ने थोरै नेताहरूमा साह पनि पर्छन् । कांग्रेसको संगठन निर्माणमा पनि उनले आफूलाई अग्रमोर्चामा उभ्याउने गरेका छन् ।

मधेसमा कांग्रेसलाई कमजोर बनाउनेहरू केही सीमित ठालु नेताहरूसँग साह असन्तुष्ट छन् । ती ठालु र कथित ठूला नेताहरूलाई पराजित परेपछि मधेसमा कांग्रेस स्वतः ठूलो र सशक्त बनेर आउने साहले बताएका छन् ।

मधेसका ठालु ठेकेदार नेताहरूका कारण कार्यकर्ताका बीच लोकप्रिय हुँदाहुँदै साहलाई सधैँ पछाडि पारिएका नेतामा पर्छन् ।

Published : Tuesday, 2021 December 7, 1:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया