सप्तरी– ४ मा सभापतिसहित प्यानल निर्वाचित, पौडेल गठबन्धनलाई फाइदा
राजविराज । नेपाली कांग्रेस सप्तरीको क्षेत्र नं. ४ को क्षेत्रीय सभपातिमा सीताराम साह निर्वाचित भएका छन् ।
सभापतिमा निर्वाचित भएका साह नेता रामचन्द्र पौडेल गठबन्धन निकटका हुन् । आइतबार भएको निर्वाचनको मंगलबार बिहान सार्वजनिक परिणाम अनुसार साह क्षेत्रिय सभापतिमा निर्वाचित भएका छन् । साह निकटको पूरै प्यानल निर्वाचित भएको छ ।
साहले ३ सय ४ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका अर्का उम्मेदवार किरण भगत पराजित भएका छन् । भगतले २ सय ५९ मत प्राप्त गरेका थिए । भगत सभापति शेरबहादुर देउवा निकटका हुन् ।
सचिवमा रमेशकुमार चौधरी र बासुदेव ठाकुर निर्वाचित भएका छन् । सह–सचिवमा सागरनन्द चौधरी र ललितनारायण यादव निर्वाचित भएका छन् ।
सदस्यमा रामकुमारी चौधरी, फुलमहम्द मियाँ, दुखी तत्मा, रामप्रसाद चौधरी, उर्मिलादेवी यादव, संजयकुमार यादव, शर्मिलाकुमारी मण्डल, सेवा दास, मनोजकुमार चौधरी र भौसाई मियाँ निर्वाचित भएका छन् ।
महाधिवेसन प्रतिनिधिमा साह समूहका २५ जना निर्वाचित भएका छन् ।
क्षेत्र नं. १ मा ललन गुप्ता, २ मा महानन्द यादव र ३ मा भूपेन्द्र यादव सभापतिमा निर्वाचित भएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया