भारतको महावाणिज्य दूतावासमा व्याडमिन्टन प्रतियोगिता

वीरगञ्ज । ‘आजादीका अमृत महोत्सव’को अवसर व्याडमिन्टन प्रतियोगिता भएको छ ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा कन्सुलेट परिसरभित्र आयोजित ब्याडमिन्टन प्रतियोगितामा पाँच डबल्स टोलीहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा महावाणिज्य दूतावास, जिल्ला प्रशासन कार्यालय वीरगन्ज, जिल्ला प्रहरी कार्यालय वीरगन्ज, जिल्ला सशस्त्र प्रहरी कार्यालय वीरगन्ज, क्षेत्रीय कारागार कार्यालय वीरगन्ज र नेपाल राष्ट्र बैंक वीरगन्जका पदाधिकारी सम्मिलित रहेका थिए ।

सौहार्दताको प्रतीकको रूपमा, प्रत्येक टोलीका दुई सदस्यहरूमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू थिए ।

सहायक सीडीओ र नेपाल प्रहरीका प्रतिनिधि सम्मिलित टोली विजेता घोषित भए भने प्रमुख जिल्ला अधिकारी र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित टोली उपविजेता घोषित भए ।

प्रतियोगितामा वाणिज्य दूतावासका पदाधिकारी, कर्मचारी र सहभागी संघसंस्थाको ठूलो संख्यामा दर्शकको रूपमा उपस्थिति रहेको थियो ।

विजेता र सहभागी टोलीलाई महावाणिज्यदूत नितेश कुमारद्वारा ट्रफी हस्तान्तरण गरिएको थियो ।

Published : Sunday, 2021 December 5, 3:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया