कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई खोप दिने, कोरोना परीक्षण गर्ने
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाविधेशनको तयारीका लागि गठन भएको स्वास्थ्य समितिले महाधिवेशन प्रतिनिधिहरूको कोरोनाको एन्टिजेन परीक्षण गर्ने भएको छ ।
काठमाडौंमा आइतबार बसेको समितिको बैठकले महाधिवेशनमा आउने महाधिवेशन प्रतिनिधिहरूको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको समितिका संयोजक एवम् केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जनाएकारी दिए । ‘महाधिवेशन प्रतिनिधिहरूलाई कोरोना छ वा छैन भनेर एन्टिजेन परीक्षण गर्नेछौँ’, उनले भनेका छन् ।
स्वास्वास्थ्य समितिले महाधिवेशन प्रतिनिधिहरूलाई कोरोनाभाइरसविरुद्धको खोप पनि महाधिवेशनस्थलमै लगाइदिने निर्णय गरेको छ । महाधिवेशनका बेला एक दिन स्वास्थ्य समितिले रक्तदानको कार्यक्रम पनि राखेको छ ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा स्वास्थ्य केन्द्र राख्ने स्थानको पनि अवलोकन गरिएको छ । समितिका संयोजक बस्नेतले स्वास्थ्य समितिले चिकित्सक र स्वास्थ्यकर्मी तथा स्वास्थ्यसम्बन्धी सामग्री राख्ने अस्थायी किसिमको घर बनाउने बताए ।
उनले त्यसका लागि तयारी भएको बताएका छन् । सोही घरमा स्वास्थ्यसम्बन्धी सामग्री, औषधि, मास्क लगायतका सामान राखिनेछ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया