बाग्मती कांग्रेसको सभापतिमा मत घट्यो, यस्तो छ तयारी
हेटौँडा । नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा २ हजार मत खसेको छ ।
आइतबार सभापतिमा दोस्रो चरणको मतदान भएको हो । सभापतिमा इन्द्रबहादुर बानियाँ र जगदीश्वर नरसिंह केसीबीच प्रतिस्पर्धा भएको छ ।
सभापतिका उम्मेदवार बानियाँ सभापति शेरबहादुर देउवा निकटका हुन् । बानियाँलाई नेता भीमसेनदास प्रधान समूहको समर्थन छ ।
सभापतिका अर्का उम्मेदवार केसीलाई नेता रामचन्द्र पौडेल समूहको समर्थन छ ।
पहिलो चरणको मतदानभन्दा दोस्रो चरणको मतदानमा ७२ मत कम खसेको छ । शनिबार भएको मतदानमा २०७२ मत खसेको थियो ।
पहिलो चरणको निर्वाचनमा सभापतिका ३ जना तिस्पर्धीमध्ये कसैले पनि ५१ प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको छ ।
मतदान सकिएको छ । मतगणना सुरु गर्ने तयारी गरिएको छ । केही समयपछि हेटौँडामा मतगणना सुरु हुनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया