बाग्मती कांग्रेसको सभापतिमा मत घट्यो, यस्तो छ तयारी
हेटौँडा । नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा २ हजार मत खसेको छ ।
आइतबार सभापतिमा दोस्रो चरणको मतदान भएको हो । सभापतिमा इन्द्रबहादुर बानियाँ र जगदीश्वर नरसिंह केसीबीच प्रतिस्पर्धा भएको छ ।
सभापतिका उम्मेदवार बानियाँ सभापति शेरबहादुर देउवा निकटका हुन् । बानियाँलाई नेता भीमसेनदास प्रधान समूहको समर्थन छ ।
सभापतिका अर्का उम्मेदवार केसीलाई नेता रामचन्द्र पौडेल समूहको समर्थन छ ।
पहिलो चरणको मतदानभन्दा दोस्रो चरणको मतदानमा ७२ मत कम खसेको छ । शनिबार भएको मतदानमा २०७२ मत खसेको थियो ।
पहिलो चरणको निर्वाचनमा सभापतिका ३ जना तिस्पर्धीमध्ये कसैले पनि ५१ प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको छ ।
मतदान सकिएको छ । मतगणना सुरु गर्ने तयारी गरिएको छ । केही समयपछि हेटौँडामा मतगणना सुरु हुनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया