नायिका रेखा थापाले चुनाव हारिन्

काठमाडौं । नायिका समेत रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ रेखा थापा महामन्त्री पदमा पराजित भएकीकी छिन् ।

आइतबार बिहान सार्वजनिक परिणामअनुसार थापाले १६४० मत ल्याएकी थिइन् । नेतृ थापा कुन्तीकुमारी शाहीसँग पराजित भएकी हुन् । शाहीले २००८ मत ल्याएर विजयी भएकी छिन् ।

राप्रपाको अध्यक्षमा कमल थापा पराजित भएका छन् । थापालाई राजेन्द्र लिङ्देनले हराएका हुन् ।

नेतृ थापा अध्यक्ष पदमा निर्वाचित लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएकी थिइन् । शाहीले कमल थापाको प्यानलबाट उम्मेदवारी दिएकी हुन् ।

राप्रपाको पदाधिकारीमा शाहीसहित अधिकांश थापा निकटका उम्मेदवार विजयी भएका छन् ।

खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । पाण्डे दुवै प्यानलमा समेटिएका थिए । पाण्डेले २५२१ भोट ल्याएका छन् ।

कमल थापाको प्यानलबाट उपाध्यक्षमा उठेका बुद्धिमान तामाङले १९४४ भोट ल्याएर विजयी भएका छन् । कमल थापाकै प्यानलबाट उपाध्यक्षमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भएका छन् ।

महिला उपाध्यक्षमा पनि कमल थापा समूहकी रोशन कार्की १६८९ भोट ल्याएर विजयी भएकी छिन् ।

महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भएका छन् ।

कमल थापा समूहबाट महामन्त्रीका उम्मेदवार भुवन पाठकले १८०५ भोट ल्याएर विजयी भएका छन् ।

एमाले र खड्गप्रसाद ओलीसँग मिलेर सरकारमा जाने र अवसर लिँदै आएका थापालाई कार्यकर्ताले राम्रोसँग सबक सिकाएर हराएका छन् ।

एमालेको चितवनमा भएको महाधिवेशनको उद्घाटन सत्रमा थापाले ओलीको प्रशंसा गरेका थिए । राजसंस्था र हिन्दूराष्ट्र विरोधी ओलीको प्रशंसा गरेका थापाले कम्युनिस्टलाई साथ दिएको भन्दै राप्रपाका कार्यकर्ताले मन पराएका थिएनन् ।

Published : Sunday, 2021 December 5, 8:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया