कर्णाली कांग्रेसबाट देउवा समूहले पहिलो खाता खोल्यो, भुपेन्द्र र मोतीको पराजय
वीरेन्द्रनगर । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका सभापतिका उम्मेदवार ललितजंग शाहीको शानदार जित भएको छ ।
सभापति शेरबहादुर देउवा निकट मानिने ललितजंग शाहीले ४२२ सहित सभापतिमा जित हासिल गरेको नेपाल तरुण दल सुर्खेतका सभापति हरि विष्टले जानकारी दिए ।
सभापतिका उम्मेदवार भुपेन्द्रजंग शाहीले जम्मा ३१७ मत पाएका छन् । भुुपेन्द्र नेता रामचन्द्र पौडेल समूहका सभापतिका उम्मेदवार हुन् ।
सभापतिका अर्का उम्मेदवार मोतीराज बमले जम्मा ७ मत पाएका छन् । बम उप–सभापति विमलेन्द्र निधि निकटका हुन् ।
कांग्रेसको प्रदेश कार्यसमितिको सभापतिमा देउवा समूहले कर्णाली प्रदेशमा जित हासिल गरेर पहिलो खाता खोलेको छ ।
Published : Sunday, 2021 December 5, 2:39 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया