विमलेन्द्रका सभापतिले जम्मा २ मत पाएपछि मध्यराति ‘फरार’, गतिलै औकात देखियो
वीरेन्द्रनगर । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा उप–सभापति विमलेन्द्र निधि निकटका सभापतिका उम्मेदवार मोतीराम बमले २ मत मात्रै पाएका छन् ।
शनिबार मध्यरातिदेखि शुरु भएको सभापतिको मतगणनामा बमले जम्मा २ मत पाएका हुन् । यो समाचार तयार पर्दासम्म आइतबार बिहान १ बजेर ४० मिनटसम्म बमले दुई मत पाएका हुन् ।
सभापतिमा उम्मेदवार बनेका बम उप–सभापति निधि निकटका हुन् । बमले पाएको मतले सभापतिमा उम्मेदवारी घोषणा गरेका निधिका हालत के रहेछ भन्ने कुरा स्पष्ट भएको छ ।
दुई सय मत गणना हुँदा जम्मा २ मत आएपछि मध्यराति नै मतगणनास्थलबाट सभापतिका उम्मेदवार बम फरार भएको भन्दै हाँसिमजक भएको छ ।
यसैबीच, कर्णाली प्रदेश कांग्रेसको सभापतिमा २ सय मत गणना हुँला ललितजंग शाहीले १०५, भुपेन्द्रजंग शाहीले ९३ र मोतीराम बमले २ मत पाएका छन् ।
सभापतिका उम्मेदवार ललितजंग शाहीले आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग मतअन्तर बढाउँदै लगेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया