देउवा–पौडेल उमेर समूहका कति छन् कांग्रेसमा नेताहरू ?
काठमाडौं । नेपाली कांग्रेसमा ७५ वर्ष पूरा भएका क्रियाशील सदस्यहरूको संख्या ११ हजार ६ सय २३ रहेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार यो संख्या प्रतिशतको हिसावले १ दशमलव ३० प्रतिशत हुन आउँछ ।
७५ वर्ष उमेर पुगेको समूहमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पनि पर्छन् ।
कांग्रेसमा १६ देखि २५ वर्ष उमेर समूहका क्रियाशील सदस्यको संख्या ३८ हजार ९ सय ४२ रहेको छ ।
२६ देखि ४० वर्ष उमेर पुगेका क्रियाशील सदस्यको संख्या २ लाख ४३ हजार २ सय ८७ रहेको छ ।
१६ देखि ३० वर्षको उमेर समूहका क्रियाशील सदस्यमा १ लाख २३ हजार ४ सय ६२ रहेका छन् । ४१ देखि ६० वर्ष समूहमा ३ लाख २१ हजार १ सय ७४ रहेका छन् ।
६१ देखि ७५ वर्षको समूहमा ८१ हजार ६ सय ४७ जना क्रियाशील सदस्य रहेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया