‘अल्छी’ नेताहरूलाई कांग्रेसको हेडक्वाटरले दियो ‘दनक’, धेरैले अवसर गुमाए
काठमाडौं । नेपाली कांग्रेसले जिल्ला अधिवेशन लगायतका निर्वाचनसम्बन्धी सबै कार्यक्रम रोकिदिएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचिन समितिका सचिव जगन्नाथ श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरेर अधिवेशन हुन बाँकी जिल्ला अधिवेशन र सबै कार्यक्रमहरू रोक्ने निर्णय गरेको जनाएका छन् ।
‘नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकको निर्णयानुसार कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचन लगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘पार्टीको आगामी चौधौँ महाधिवेशन पश्चात केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिका अनुसार स्थगन गरिएका जिल्लाको जिल्ला अधिवेशन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यसै विज्ञप्तिमार्फत सूचित गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया