रामहरि खतिवडा कांग्रेसको कुन पदमा उम्मेदवारी दिन्छन् ? सभापति बन्न लागेका हुन् ?
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेसको कुन पदमा उम्मेदवारी दिने भनेर पार्टीका अग्रज नेता र शुभेच्छुकहरूसँग परामर्शमा रहेको बताएका छन् ।
कांग्रेसको प्रदेश नं. १ को सभापतिमा नाम चर्चामा रहेका नेता खतिवडाले सभापतिमा उम्मेदवार बन्छन् वा बन्दैनन् स्पष्ट केही भनेका छैनन् ।
तर, नेता खतिवडाले आफू प्रदेश नं. १ को सभापतिमा भन्दा पनि केन्द्रीय कार्यसमितिको पदाधिकारीमा आउन रुचि देखाएका छन् । कांग्रेसका युवा नेता खतिवडा सभापति शेबहादुर देउवा निकट मानिन्छन् ।
नेता खतिवडाले टिमभित्र कुरा मिल्यो भने सह–महामन्त्री पदमा उम्मेदवार बन्ने योजनामा रहेको बताएका छन् ।
‘मेरो चाहना सह–महामन्त्रीमा छ । टिमभित्र पनि कुरा गर्नुपर्छ । अग्रज नेताहरूसँग पनि परामर्श गर्नुपर्छ’, उनले भने, ‘प्रदेश नं. १ को सभापतिका लागि प्रस्ताव आएको छ । सभापति बन्ने मेरो रुचि छैन ।’
ओखलढुंगा कांग्रेसमा आफू निकटको टिमलाई जिताएका खतिवडाले यस पटक केन्द्रीय कार्यसमितिमा प्रवेश गर्न रुचि देखाएका छन् ।
सह–महामन्त्रीमा टिमले टिकट दिएन भने केन्द्रीय सदस्य पदमा भए पनि उम्मेदवारी दिने योजनामा रहेको बुझिएको छ ।
खतिवडा प्रदेश नं. १ को महाधिवेशनमा सहभागी हुन बिहीबार बिहान काठमाडौंबाट विराटनगर जाँदैछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया