महालक्ष्मी उपाध्यायद्वारा कांग्रेसको सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
पूर्वसांसद समेत रहेकी उपाध्यायले आफूले सह–महामन्त्री पदमा उम्मेदवारी दिने जनाएकी हुन् ।
महिलाहरू पनि कांग्रेसको नेतृत्व लिन सक्षम रहेको बताएकी नेतृ उपाध्यायले कांग्रेसको १४औँ महाधिवेशनमा महिलाहरूलाई विजयी बनाउन अनुरोध गरेकी छिन् ।
‘कांग्रेस बनाउन महिला नेता कार्यकर्ताको पनि ठूलो योगदान छ’, उनले भनेकी छिन्, ‘हामी महिलामा मात्रै सीमित हुने होइन । नेतृत्वमा पनि पुग्ने हो । महाधिवेशन प्रतिनिधिहरूले सक्षम महिला नेतृहरूलाई जिताउनुपर्छ ।’
पूर्वमन्त्री समेत रहेकी नेतृ उपाध्याय सभापति शेरबहादुर देउवा निकट मानिन्छिन् ।
Published : Thursday, 2021 December 2, 7:54 am
बिचार/ब्लग
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया