लुम्बिनी कांग्रेसको सदस्यमा शर्माको उम्मेदवारी, को हुन् शर्मा ?
भैरहवा । नेपाली कांग्रेसका युवा नेता आशिष शर्माले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिको सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
लुम्बिनी प्रदेश कांग्रेसको अधिवेशन शुरू हुनुभन्दा केही घण्टा अगाडि शर्माले सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफूलाई सदस्य पदमा मतदान गरेर विजयी गराउन कांग्रेसका प्रतिनिधिहरूसँग आग्रह गरेका छन् ।
लुम्बिनी प्रदेश कांग्रेसको सदस्य पदमा उम्मेदवारी घोषणा गरेका युवा नेता शर्मा सभापति शेरबहादुर देउवा समूह निकट मानिन्छन् ।
कपिलवस्तु जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका शर्मा नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपकुमार उपाध्यायका छोरा समेत हुन् ।
नेपाली कांग्रेसको उद्योग विभागका केन्द्रीय सदस्य समेत रहेका शर्मा युवाहरूका बीच लोकप्रिय छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया