नुवाकोट कांग्रेसबाट पत्तासाफ भएपछि गगनका कान्छा ‘ससुरा’द्वारा सभापतिमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा नेता रामचन्द्र पौडेल समूहबाट सभापतिमा जगदीश्वर नरसिंह केसीले उम्मेदवारी घोषणा गरेका छन् ।
नुवाकोट कांग्रेसको सभापतिमा दुई कार्यकाल नेतृत्व गरेका केसीले नुवाकोट कांग्रेसलाई कमजोर बनाउन ठूलो भूमिका खेलाका थिए ।
जगदीश्वर नरसिंह केसी बाग्तमी प्रदेशको सांसद पनि छन् । उनी प्रतिनिधि सभाका सांसद समेत बनिसकेका छन् । केसी परिवारलाई नुवाकोटमा अवरवादी परिवारका रुपमा कांग्रेसका कार्यकर्ताले लिने गरेका छन् ।
परिवारभन्दा बाहिर कांग्रेसको नेतृत्व नजाओस् भन्ने अभियानमा रहेको केसी परिवारले जगदीश्वर नरसिसंह केसीले आफ्ना दाई केदारनरसिंह केसीलाई नुवाकोट कांग्रेसको सभापतिमा उम्मेदवार बनाएका थिए । नुवाकोट कांग्रेसका नेता कार्यकर्ताले केदारनरसिंह केसीलाई हराइदिएका थिए ।
नुवाकोट कांग्रेसका निवर्तमान सभापति केसीका दाई अर्जुन नरसिंह केसीले सधैँ नुवाकोटमा कांग्रेसभित्र कब्जा जमाएर बसेका छन् । गएको प्रतिनिधि सभा निर्वाचनमा अर्जुननरसिंह केसी पराजित भएका थिए । पराजित भएर पनि हर्कत गर्न केसी परिवारले छाडेको छैन ।
कांग्रेसको अधिवेशनमा नुवाकोटमा केसी परिवार नराम्रोसँग पराजित भएको छ । पराजित भएको केसी परिवारबाट जगदीश्वर नरसिंह केसीले बाग्मती प्रदेश कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । आफ्नै गृहजिल्ला नुवाकोटमा पत्तासाफ भएको केसी परिवारबाट जगदीश्वरनरसिंह केसीको प्रदेश सभापतिमा उम्मेदवारीको घोषणाले जगत हँसाएको छ ।
जगदीश्वर नरसिंह केसीका छोरीज्वाइँ गगनकुमार थापाले नेता कृष्णप्रसाद सिटौला समूह परित्याग गर्दा घरनघाट भएका छन् ।
वीपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भनेर विन्तीपत्र हाल्ने केसीपरिवार नै थियो ।
कांग्रेसका नेता अर्जुननरसिंह केसीले नै वीपीलाई फाँसी दिनुपर्छ भनेर दरबारमा विन्तीपत्र हालेका थिए । त्यसको दस्तावेज अहिले पनि पुस्तकालयहरूमा भेटिन्छ । वीपीलाई फाँसी दिनुपर्छ भन्ने अर्जुननरसिंह केसीका छोरीज्वाइँ गगन थापा हुन् । गगन थापालाई कांग्रेसमा स्थापित गर्न केसी परिवारले विभिन्न नौटंकीका हर्कत गर्दै आएको छ ।
कांग्रेस नेतृत्वको सरकार र सभापति शेरबहादुर देउवाको आलोचना गरेर चर्चामा आउने गरेको केसी परिवारले कांग्रेसलाई फाइदाभन्दा पनि बेफाइदा गर्दै आएको छ । बाग्मती प्रदेश कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गरेका जगदीश्वर नरसिंह केसीले जिल्ला सभापतिहरूको नाममा भेला र गुटका बैठकहरू गरेर सभापति देउवा र कांग्रेसलाई सधैँ अफ्ठ्यारो बनाउँदै आएका थिए ।
जगदीश्वर नरसिंह केसी अहिले आएर आफै बाग्मती प्रदेशको सभापतिमा उम्मेदवार बनेका छन् । नुवाकोट कांग्रेसमा पत्तासाफ भएको केसी परिवारलाई सधैँ सत्ता, शक्ति र विरोधको राजनीति गर्दै आएको छ ।
बिचार/ब्लग
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया