कांग्रेस महाधिवेशनमा नेता बस्नेतको स्वास्थ्य समितिको यस्तो छ तयारी, तीनकुनेमा बैठक
काठमाडौं । नेपाली कांग्रेसको स्वास्थ्य समितिले आफ्नो गृहकार्य शुरु गरेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका समितिका संयोजक मोहनबहादुर बस्नेतले महाधिवेशनमा आउने प्रतिनिधि र नेताहरूको स्वास्थ्य व्यवस्थापनका विषयमा छलफल गरेका हुन् ।
पूर्वमन्त्री बस्नेतको निवास तीनकुने, काठमाडौंमा बुधबार बसेको बैठकमा चिकित्सक, स्वास्थ्य सामाग्रीका व्यापारी लगायतको उपस्थिति रहेको थियो ।
समितिका संयोजक बस्नेतले १४औं महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूको स्वास्थ्यका विषयमा समितिले उचित ध्यान दिने बताए ।
‘महाधिवेशनस्थलमा प्रतिनिधिहरूको स्वास्थ्य जाँच गरेर मात्रै भित्र प्रवेश गर्ने व्यवस्था गर्नेछौं’, उनले भने, ‘महाधिवेशन प्रतिनिधिहरूलाई मास्कदेखि आवश्यक पर्ने प्राथमिक स्वास्थ्य उपचार, एम्बुलेन्स सबैको व्यवस्थापन गरिनेछ ।’
नेता बस्नेतले महाधिवेशन स्थलमा अटोमेटिक मेसिनसहितको सेनिटाइजरको व्यवस्था गरिने बताएका छन् ।
समितिले महाधिवेशन स्थलमा स्वास्थ्यकर्मीहरूलाई बस्नका लागि अस्थायी घर बनाउनेबारेमा पनि छलफल भएको छ ।
समितिसंगको बैठकमा कांग्रेसका नेताहरू, डा.लोचन कार्की, बद्री रिजाल, डा.भुपेन्द्रकुमार बुस्नेत, राजन घिमिरे, जानकी केसी, राजेन्द्र बस्नेत, पासाङ नोर्बु शेर्पा, मनीषा खड्का भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
कोरोनाको समस्या भइरहेका बेला कांग्रेसले उच्च सर्तकता आपनाउने भएको छ । त्यसका लागि नेता बस्नेतले कोरोनाविरुद्ध महाधिवेशनस्थलमा सबै सतर्कता अपाउने तयारी गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया