राजेन्द्र लिङ्देनले नाङ्गेझार बनाएपछि कमल थापाको शिर निहुरियो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङदेनका कुरा सुनेर अध्यक्ष कमल थापाको शिर निहुरिएको छ ।
राप्रपाको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा नेता लिङ्देनले अध्यक्ष थापाको हर्कतको भण्डाफोर गरिदिएका हुन् ।
लिङ्देनले थापालाई कम्युनिस्टको पछाडि लागेर राप्रपालाई समाप्त पारेको आरोप लगाएका छन् ।
नेता लिङ्देनको कुरा सुनेपछि मञ्चमा बसेका अध्यक्ष थापाले शिर निहुराएका थिए ।
उनले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनालाई स्थापित गर्न आवश्यक रहेको बताएका छन् ।
‘हिन्दु राष्ट्र र राजसंस्था सबै नागरिकको मुद्दा बन्यो तर, पार्टी बेपत्ता भयो’, नेता लिङ्देनले भनेका छन् ।
‘राप्रपाको एकता लामो समय टिकेन’, उनले भने, ‘देशको एउटा मान्यता प्राप्त पार्टी समेत बनेन ।’
कमल थापाप्रति लक्षित गरेर नेता लिङदेनले राष्ट्रिय राजनीतिबाट पार्टी बेपत्ता भएको बताएका छन् ।
‘जीवन रोज्ने कि मृत्यु रोज्ने महत्वपूर्ण घडि हो’, उनले भने, ‘यो दुई वर्षमा पार्टीको गति हेर्दा निष्प्रभावी छ ।’
नेता लिङ्देनले अध्यक्ष थापाको एकएक हर्कतको भण्डाफोर गरेपछि राप्रपाका कार्यकर्ताहरूले तालीबजाएर समर्थन गरेका थिए ।
अध्यक्ष थापा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको पछिलग्गु बनेर राप्रपालाई समाप्त पारेका छन् । ओलीको पछाडि नलाग्न कार्यकर्ताले दिने गरेको दवावलाई थापाले अटेर गर्दै आएका छन् ।
लिङदेनले राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
महाधिवेशनको अघिल्लो दिन मंगलबार पार्टी अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई नेतृत्वका लागि समर्थन गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया