अधिवेशन सम्पन्न गर्ने घिमिरेलाई रुपन्देही कांग्रेसद्वारा सम्मान, गृहमन्त्री नै उपस्थित
भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले सफलतापूर्वक अधिवेशन सम्पन्न गराउने प्रमुख निर्वाचिन अधिकृत भेषराज घिमिरेलाई सम्मान गरेको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचिन समितिद्वारा अधिवेक्ता समेत रहेका घिमिरे रुपन्देही जिल्लामा अविधेशन सम्पन्न गर्न खटिएका थिए ।
निर्वाचिन अधिकृत घिमिरेलाई गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस नेता भरतकुमार शाह, निर्वाचतमान सभापति अब्दुल रज्जाक, नवनिर्वाचित सभापति रामकृष्ण खाणले सम्मान गरेको कांग्रेस नेता विमल ढकालले जानकारी दिए ।
रुपन्देही कांग्रेसको अधिवेशन सम्पन्न गर्न प्रमुख निर्वाचन अधिकृत घिमिरेसँग खटिएका निर्वाचन अधिकृत अब्दुल रहमन खान, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् महाधिवेशन प्रतिनिधि जम्सेर अली र कार्यालय सचिव जोगीप्रसाद भुजलाई सम्मान गरिएको थियो ।
प्रमुख निर्वाचन अधिकृत घिमिरेको नेतृत्वमा रुपन्देहीमा अधिवेशन गर्ने क्रममा जिल्ला सभापति सर्वसम्मत चयन भएका थिए । केही तत्वले विवाद खडा गर्न खोजे पनि अधिवेशन सफलताका साथ सम्पन्न भएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया