मकवानपुर कांग्रेसले दशैँका बेला एमाले–माओवादी–राप्रपाभित्र ल्याइदियो खैलाबैला, खुसी साटासाट
हेटौँडा । हेटौंडा नेपाली कांग्रेसले हेटौँडामा दशैँको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–८, १७ र मकवानपुर गढी–२ मा सोमबार गरिएको चियापानमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाका गरी ४ सय ७२ जना कांग्रेसमा प्रवेश गरेका छन् ।
आइतबार हेटौंडा उपमहानगरपालिका–१७ मा गरिएको शुभकामना आदानप्रदानमा विभिन्न पार्टी परित्याग गरी १ सय ७० जना गरी ६ सय ४२ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
हेटौंडा–८ मा कांग्रेसका वडा सभापति भुपेन्द्र कोइराला र हेटौंडा–१७ मा वडा सभापति नवराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रम भएका थिए । मकवानपुर गढी–२ मा वडा सभापति रामप्रसाद पुडासैनीको सभापत्विमा कार्यक्रम भएको थियो ।
कार्यक्रमहरूमा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले नवप्रवेशीहरूलाई कांग्रेसमा स्वागत गरेका थिए ,
नेतृ उपाध्यायले कम्युनिष्टहरूको दोहोरो चरित्र, तानाशाही प्रवृत्ति र भ्रष्टाचारमा लिप्त भएका कारण जनताले उनीहरूलाई नेपालबाट पत्तासाफ पार्ने बताएकी छिन् ।
उनले पार्टीको आन्तरिक निर्वाचनलाई सहज रुपमा लिनुपर्ने बताएकी छिन् । उनले अधिवेशनमा भएको निर्वाचन प्रक्रियालाई भुलेर एकर अगाडि बढ्नुपर्ने बताएकी छिन् ।
नेपाली कांग्रेस बागती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति बानियाँले अरु पार्टीको भन्दा कांग्रेसको नेता र नीति ठीक लागेर कांग्रेसमा जनलहर बढेको बताए ।
उनले कम्युनिष्टहरूले लोभ, भ्रम र त्रास देखाएर जनतालाई शोषण गरिरहेको आरोप लगाएका छन् । नेता बानियाँले कम्युनिस्टको भ्रमको खेती चिर्न कांग्रेसका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
सभापति बानियाँले नवप्रवेशीहरूलाई योग्यता, क्षमताको आधारमा पार्टीमा उचित स्थान दिइने आश्वासन दिएका छन् ।
कांग्रेसले झुटको खेती नगर्ने र बोलेको कुरा पु¥याउने पार्टी भएकाले कांग्रेसमा लागेर कसैले पनि पछुताउन नपर्ने सभापति बानियाँले बताएका छन् ।
कार्यक्रमहरूमा कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, उप–सभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सह–सचिव रामबाबु बानियाँ, सल्लाहकार रीता खनालको उपस्थिति थियो ।
कांग्रेसका जिल्ला सदस्यहरू प्रदीप कोइराला, सूर्यबहादुर रुम्बा, ईन्दिरा न्यौपाने, गोपी अधिकारी, दोर्जे लामा स्याङतान, सुनिल अधिकारी, संघीय सभापतिहरू दामोदर खनाल, यतिराज सापकोटा, क्षेत्रीय सभापति तारानाथ चौलागाइँ, क्षेत्रीय सचिव सुवातसिंह थिङ, हेटौंडा उप–महानगर सभापति उत्सव ईटेनी, मकवानपुर गढी गाउँपालिका सभापति राजवीर मोक्तान, हेटौंडा उप–महानगरका उप–सभापति डोल्मा स्याङबोको पनि उपस्थिति रहेको थियो ।
सचिव सविन न्यौपाने, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेपाल तरुण दलका नगर सभापति सुनिल गिरी, वडा सभापति, क्षेत्रीय प्रतिनिधिहरूलगायत क्रियाशील सदस्यहरूको उपस्थिति रहेको थियो ।
हेटौंडा–८ मा कांग्रेसको वडा पार्टी कार्यालय उद्घाटन भएको छ । यसैबीच, अच्युतम पौडेलको नेतृत्वमा ३१ सदस्यीय नेपाल तरुण दल ८ नम्वर वडा कार्यसमितिसमेत गठन भएको छ ।






बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया