यी हुन् ओली–भण्डारीलाई अदालतमा घिसारेर लैजान हस्ताक्षर गर्ने एमालेका सांसदहरू

काठमाडौं । एमालेका परिष्ठ नेता माधवकुमार नेपाल समूहका २३ जना सांसदले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गरेका छन् ।

नेपाल समूहका २६ मध्ये २३ सांसदले मात्रै हस्ताक्षर गरेका हुन् ।

नेपाल समूहका २६ सांसदले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका थिए ।

संसद विघटनविरुद्धको रिटमा भने नेपाल समूहका २३ जनाले हस्ताक्षर गरेको जनाइएको छ ।

रिटमा हस्ताक्षर गर्नेहरूमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन र झपट रावल रहेका छन् ।

निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा र मेटमणि चौधरीले पनि सर्वोच्चमा रिट दायर गर्न हस्ताक्षर गरेका छन् ।

नेपाल पक्षका २६ सांसदमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले भने हस्ताक्षर गरेका छैनन् ।

शुक्रबार सभापति देउवाले प्रधानमन्त्रीमा दाबी गर्दै १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा पेश गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा शुक्रबार मध्यराति संसद विघटन गरेर निर्वाचन घोषणा गरेकी थिइन् ।

संविधान विघटनका लागि प्रधानमन्त्री खड्गप्रसाद ओलीले सिफारिस गरेका थिए ।

Published : Monday, 2021 May 24, 1:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया