तरुण दलद्वारा मकवानपुरमा हेल्पलाईन सञ्चालन, महामारीमा निःशुल्क अक्सिजन-रगत-एम्बुलेन्स सहयोग
हेटौँडा । नेपाल तरुण दल मकवानपुरले कोरोना महामारीका बेलामा समस्यामा परेका व्यक्तिको सहयोगका लागि चार वटा समितिहरू बनाएर ‘तरुण हेल्पलाईन’ चलाएको छ ।
मकवानपुर जिल्लाभित्रका कोरोनाका बिरामी, निषेधाज्ञाका कारण समस्यामा परेका, खान नपाएका व्यक्तिलाई खुवाउने, रगत व्यवस्थापन, अस्पताल र आईसोलेशन व्यवस्थापन, एम्बुलेन्स अक्सिजनलगायतका सहयोग गरिने तरुण दलका अध्यक्ष ईश्वर पाठकले जानकारी दिएका छन् ।
अध्यक्ष पाठकले पैसा तिर्न नसक्नेहरूलाई आफूहरूले निःशुल्क अक्सिजनसहितको व्यवस्था गरिदिएको बताए । ‘पैसा तिर्न नसक्नेलाई अक्सिजन र अन्य सामग्री निःशुल्क दिएका छौँ । व्यवस्थापन गरिदिएका छौँ’, उनले भने, ‘पैसा तिर्न सक्नेका लागि पैसा तिरेर अक्सिजनसहितका सामान पाइने ठाउँमा व्यवस्थापन गरेर समन्वयको व्यवस्थापन गरिदिएका छौँ ।
नेपाली कांग्रेस मकवानपुरको सल्लाह र सुझाव तथा स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गरेर सहयोगको अभियान चलाएको पाठकले बताए । पाठकले मकवानपुर जिल्लाभित्र कसैलाई सहयोगको आवश्यक्ता प¥यो भने आफूलाई ९८५५०६८५४९ मा फोन गरेर आवश्यक परेको सहयोग माग्न सक्ने बताए ।
तरुण अध्यक्ष पाठकले अक्सिजन व्यवस्थापन समिति बनाइएको जानकारी दिए । अक्सिजनको समस्या भएमा समितिका सदस्यहरू रोज थापा मगर (९८५५०७३३४४), नितेश लामा (९८४५९७७६८५) र राजु विष्ट (९८४५०२९८३७)लाई सम्पर्कन गर्न पाठकले अनुरोध गरेका छन् ।
कोरोनाका संक्रमितका लागि एम्बुलेन्स सहयोग गर्न एम्बुलेन्स व्यवस्थापन समिति बनाइएको छ । समितिमा निराजन बर्तौला (९८४५१६५३१६), आशिष थापा (९८१६२४०३७८) र रुपकराज दाहाल (९८५५०६८८८९)लाई सम्पर्क गर्न भनिएको छ ।

रगत व्यस्थापन समितिमा अञ्जना उपाध्याय (९८५५०७००६१, सचित थापा (९८५५०३०६२८) र गोपी खड्का (९८५५०६९३२७) रहेका छन् । उनीहरूले बिरामीलाई रगत चाहिएमा सहयोग गर्नेछन् ।
अस्पताल तथा आईसोलेशन व्यवस्थापन समितिमा राजकुमार बास्तोला, (९८४५२९५२८५), रुपेश केसी (९८५५०७३३९८) र सन्तोष सापकोटा (९८५५०६९३२७) रहेका छन् । उनीहरूले कोरोना संक्रमितलाई अस्पताल तथा आईसोलेशन व्यवस्थापनमा सहयोग गर्नेछन् ।
एमाले र कम्युनिस्टहरू तथा महन्थ ठाकुर–राजेन्द्र महतो समूह खड्गप्रसाद ओलीको सत्ता जोगाउन सांसदहरूलाई रिसोर्टमा लगेर भोज खुवाउने कार्य गरिरहेका बेला तरुण दल मकवानपुरले कोरोनामा सहयोगका लागि समिति बनाएर फोन नम्बरहरू सार्वजनिक गरेको छ ।
नेपाल तरुण दल भक्तपुरले पनि दोस्रो चरणको कोरोना महमारीका बेला जिल्लाभित्रका जनतालाई सहयोग अभियान चलाइसकेको छ । भक्तपुर तरुण दलले दोस्रो चरणको सहयोग अभियान चलाउने तयारीमा छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया